Logo

वायुसेवा निगमद्वारा १ खर्ब ३५ अर्बको सफ्ट लोन प्राप्तिको लागि आशयपत्र आह्वान, यस्तो छ व्यवसायिक योजना



काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदर भन्दा कम व्याजदरमा ऋण (सफ्ट लोन) प्राप्तिको लागि आशयपत्र आह्वान गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले आज (बुधबार) ‘कम व्याजदरको ऋण (सफ्ट लोन) लिने सम्बन्धमा’ शीर्षकमा एक विज्ञप्ती जारी गर्दै त्यसको लागि आशयपत्र जारी गरेका हुन् । उनले जारीगरेको विज्ञप्तीमा भनिएको छ,‘ नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदर भन्दा कम व्याजदरमा ऋण (सफ्ट लोन) लिई व्याज खर्चको भार कम गर्ने उद्देश्यले लोन स्वाप गर्नको लागि निगम व्यवस्थापनबाट पेश भएको प्रतिवेदनअनुसार सफ्ट लोन निलको लागि सैद्धान्तिक सहमितको लागि निगम सञ्चालक समितिका अध्यक्ष युवरजा अधिकारीको अध्यक्षतामा मिति २०८० जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय भएबमोजिम पर्यटन मन्त्रालय र अर्थ मन्त्रालय, राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशनअनुसार २०८० माघ ४ गते को निगम सञ्चालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तिको लागि २३ जनवरी २०२४ मा अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) आह्वान गरिएको छ ।’

निगमकाअनुसार प्राप्त हुने सफ्ट लोन मध्येबाट नेपाल सरकार तथा सम्बन्धित निकायहरुको स्वीकृति लिई मौजुदा लोन स्वाप गर्नको लागि निगमको १० वर्षे व्यवसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरु खरिद गर्ने प्रयोजवनको लागि, अन्तर्राष्ट्रियस्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङर निर्माणका लागि लगानी गर्नेसमेत योजना रहेको छ ।
उक्त सफ्ट लोन एकै नभई निगमको व्यवसायिक लगानीको आवश्यकत्ता अनुसार पटक–पटक लिईने र यसरी सफ्ट लोन प्राप्ती भएपश्चात् हाल निगमले वार्षिक रुपमा तिर्दै आएको करिब साढे तीन अर्ब व्याज खर्चमा उल्लेख्य कटौती हुन गई निगमको नाफा वृद्धि हुने पनि निगमको अपेक्षा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot