Logo

बाबुरामले जनयुद्धका सुप्रिम कमाण्डर भन्दै किन गुहारे प्रचण्डलाई ?



काठमाडौं, ११ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेकोमा आपत्ति जनाएका छन् । पक्राउ परेका पुन बाबुरामको पार्टीका केन्द्रीय सदस्यपनि हुन् ।

उनलाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएको भन्दै बाबुरामले आपत्ति जनाएका हुन् । उनले पुन पक्राउ परेको घट्नाको घोर भत्र्सना गर्दै यसबारे तुरुन्त आवश्यक कदम चाल्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । बाबुरामले प्रचण्डलाई जनयुद्धका सुप्रिम कमाण्डर भनेर सम्बोधन गरेका छन् । file photo

बाबुरामले फेशबुकमा लेखेका छन्-

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ ९ पूर्वी रूकुम ० लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।



प्रतिक्रिया दिनुहोस्