Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, माघ १२ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ चार पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot