Logo

अफगानिस्तान ४० ओभरमा अलआउट, नेपालले पायो १४६ रनको सामान्य लक्ष्य



काठमाडौं,१२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य पेश गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १४५ रनमा अलआउट भयो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गरे। उनले ५ विकेट लिने क्रममा ८ ओभरमा ३४ रन खर्चिए। उनले खेलको दोस्रो, छैटौँ, आठौँ, १०औँ र १२औँ ओभरमा नेपाललाई सफलता दिलाएका थिए ।

आकासले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १-१ विकेट लिए। 

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ। 



प्रतिक्रिया दिनुहोस्