काठमाडौं, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच बालुवाटरमा शिष्टाचार भेटवर्ता भएको छ। आज विहान भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।
प्रतिनिधि मण्डलले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्दैछ । उक्त प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सोमबार भेट गर्ने तालिका छ।
प्रतिनिधि मण्डलले नेपालमा लगानी गरेका चिनियाँ व्यवसायीसँग पनि छलफल गर्ने छ । त्यसअघि भोलि होटेल सोल्टीमा माओवादीका दोस्रो तहका नेताहरुसँग छलफल गर्ने कार्यक्रम कार्यक्रम बनाएको छ ।
प्रतिनिधि मण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योयालगायत सहभागी छन् । माओवादीको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल आएको प्रतिनिधि मण्डल मंगलबार स्वदेश फर्किने छ ।