Logo

सिटौलालाई सम्मान गर्दै महामन्त्री थापाको ‘संवाद यात्रा’ सुरु



काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाको मेची भन्सारबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। महामन्त्री थापाले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सम्मान गर्दै आज बिहान झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन्।

उनको यस अभियान शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदिप पौडेल लगायत सहभागी भएका छन्।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्। माघ २६ गतेसँम्म चल्ने संवाद यात्राले जनताका कुरा सुन्ने र भाषणका कार्यक्रम नगर्ने लक्ष्य लिएको छ । महामन्त्री थापाको संवाद यात्राका क्रममा आमनागरिकसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्