Logo

प्रचण्डले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको एमालेको आरोप



काठमाडौं, १३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहनाअनुरुपको कामै गर्न नसकेको बताएका छन् । एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको हिजो (शुक्रबार) बेनीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारले जनताको चाहना अनुरुपको काम गर्नेतर्फ ध्यानै नदिई जनविरोधी कार्यमा उद्यत रहेको आरोप लगाएका हुन् ।

उनले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको बताउँदै नेपाल र नेपाली जनताको लागि यो सरकार कुनै पनि हिसाबले हितकर नरहेको र अहिलेको सरकारकै कारण देश सङ्कटमा परेको दाबी गरे । उनले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जाँदा देशले के पाउँछ वा ल्याउने छ भनेर आशा गर्नुसट्टा देशले के गुमाउनुपर्नेको भन्ने चिन्ता आम जनतामा हुने गरेको बताए ।

भारतीय नाकाबन्दीको सामना गर्दै स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गराउँदै उनले भने–गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर उँचो बनाउने भन्दा पनि झुकाउने काम गरेको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot