Logo

आजदेखि धरहराको जमिनमुनिको तलामा निःशुल्क पार्किङ



काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ । नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यसअघि पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराई सकेको र रोकारवालासँगको समन्वयमा आजरदेखि धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराउन लागिएको हो।

उनका अनुसार तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिन्छ । संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्