Logo

आहा रारा पोखरा गोल्डकपः आज संकटा र आर्मी भिड्दै



काठमाण्डौं, माघ १४ । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ।

संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले आहा रारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा पुगेको हो।

आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्