Logo

सहकारी समस्या समाधानको लागि सक्रिय सचिव दुवाडी, प्रभावकारी कदम चाल्ने तयारी



काठमाडौं, १४ माघ । समग्र सहकारी क्षेत्रमा देखिएको समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले प्रभावकारी कदम चालेका छन् । उनले यो क्षेत्रमा विश्वासको संकट देखिएको भन्दै त्यसलाई हल गर्दै सहकारी सञ्चालक र सदस्यहरुबीच सम्बन्ध सुधार गरेका छन् ।

सचिव दुवाडीले सहकारी क्षेत्रमा सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्रनै धर्मराएको निश्कर्ष निकालेर सुरुमा यसतर्फ कदम चालेका छन् । उनले केही सहकारीले बदमासी गर्दा समग्र क्षेत्रले बदनामी खेप्नुपरेको भन्दै केन्द्रीयस्तरबाट नै समस्याको समाधानको लागि पहल गरिने बताउँदै आएका छन् ।

दुवाडीले सहकारी क्षेत्रमा अनुशासनको कामलाई कसिलो बनाएका छन् । बास्तवमा सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा समस्या आएको निश्कर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले पनि निकालिसकेका छन् । अहिले सचिव दुवाडीले सहकारी क्षेत्रमा अनुशासनको कामलाई कसिलो बनाएका छन् ।

सार्वजनिक कार्यक्रममा उनले भन्ने गरेका छन्–‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अब लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो, अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं । सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको सहो । स्वयम् सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको थियो । अब त्यस्तो हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्