Logo

मुनव्वर फारुकी बने ‘बिग बोस १७’ को विजेता, पाए ५० लाख रुपैयाँ र कार



काठमाडौं, माघ १५। भारतीय रियालिटी शो ‘बिग बोस १७’को उपाधि स्टेण्डअप कमेडियन मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् ।

‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा अभिषेक कुमार र मुनव्वरबीच भएको प्रतिस्पर्धामा मुनव्वरले बिग बोस १७ सिजनको उपाधि जितेको छन्।

आइतबार राती उपाधि घोषणा भएसँगै बलिउड अभिनेता सलमान खानले मुनव्वरलाई ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार प्रदान गरेका छन् । जितसँगै सामाजिक सञ्जालमा मुनव्वरलाई बधाई दिनेको ओइरो लागेको छ । मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot