Logo

मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट



काठमाडौं, माघ १५ । मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको छ । संसदमा भएको झडपमा केही सांसद घाइतेसमेत भएका छन् । सामाजिक सन्जालमा भाइरल भिडियोमा प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषयमा भएको विवादमा सत्ता पक्ष र प्रतिपक्षीबीच सांसद हात हालाहालमा उत्रिएको देख्न सकिन्छ ।

चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको जनाइएको छ ।

बीबीसीका अनुसार कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । जसमध्ये गम्भीर एक जना सांसदलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्