Logo

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै, विधानमाथि छलफल जारी



काठमाडौं, माघ १५ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ। आइतबारबाट सुरु भएको बैठक आज विधान संशोधनका निम्ति छलफल गरेर समापन हुँदैछ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ। आइतबारको पेश भएको विधान संशोधन मस्यौदामाथि आज १० जना नेताले धारणा राख्दैछन् ।

पार्टीका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार आज ‘११ बजेपछि सुरु हुने बैठकमा १० जना नेताले विधान संशोधनका सवालमा आफ्नो धारणा राख्नेछन् । उक्त धारणापछि निष्कर्ष सुनाएर आजै बैठक सक्ने तयारी रहेको उनले बताए । बैठकमा प्रस्तुत विधान मस्यौदामा संशोधनका लागि विकल्पसहितका प्रस्ताव गरिएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्