Logo

सर्लाहीमा समुदायमा कांग्रेस वडा स्तरीय अभियान भोलिदेखि



काठमाडौं, १५ माघ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार सर्लाहीको दुई सय वटा वडामा भोलि (माघ १६) देखि “समुदायमा कांग्रेस अभियान” सञ्चालन हुने भएको छ । कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानको नारा तय गरेको छ ।

अभियान माघ १६ गते देखि २६ गतेसम्म सञ्चालन हुने र जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको उनले बताए । सो अभियान संचालनको लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा गणेश लामा र कांग्रेस मधेस प्रदेश उप सभापति चन्द्रशेखर कुमार यादवलाई खटाइएको छ ।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले सर्लाहीको सबै वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot