Logo

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान



रियाद, १५ माघ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन् ।

साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का अनुसार उनले कायरोमा इजिप्टका समकक्षी समेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । यस सन्दर्भमा दुवैले गाजा पट्टीमा युद्धविराम तथा आवश्यक सहयोगको आह्वान गरेका थिए ।

अरब राष्ट्रहरूसँगै साउदी अरेबियाले पनि प्यालेस्टिनी जनताको रक्षा गर्न दबाब जारी राख्ने साउदी अधिकारीले बताएका छन् ।

गाजाको मानवीय स्थितिमा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलालाई इजरायलले अस्वीकार गरेको सन्दर्भमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन इजरायलमा पनि समान लागु हुनस पर्ने कुरामा जोड दिएका छन् ।

शुक्रबार आईसीजेले इजरायललाई गाजा पट्टीमा प्यालेस्टिनीविरुद्धको नरसंहार रोक्नको लागि सबै सम्भावित उपायहरू लागु गर्ने आदेश दिएको छ । अदालतका अनुसार यी आदेशहरू कानुनी रूपमा बाध्यकारी छन् ।

यद्यपी दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक आग्रहलाई आईसीजेले इजरायललाई गाजामा सैन्य कारबाही स्थगित गर्न आदेश दिएको छैन । दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक हो । हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आह्वान गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्