Logo

जबज नै भन्ने हो भने केपीले भनेको बढी सुनिन्छः झलनाथ खनाल



काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई बोक्न नहुने बताएका छन् ।

आज (सोमबार) केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले जबजनै बोक्ने हो भने एमाले अध्यक्ष केपी ओलीले भनेको जबज बढि सु्निने उनको टिप्पणी छ । पार्टीले जबज बोक्ने वा छोड्ने भन्ने कुरा आगामी महाधिवेशनबाट क्लियर हुनु्पर्ने उनको भनाइ छ ।

‘जबज नै भनेर हामी अगाडि बढ्ने हो भने केपी ओलीले भनेको जबज बढि सुनिन्छ । यसमा हामी क्लियर हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्