Logo

भ्रष्टाचार हटाउने साह र प्रसाईंको आर्थिक क्रान्तिको लागि “नमस्ते नेपाल अभियान” जनकपुरबाट घोषणा हुँदै




काठमाडौं, १५ माघ । कल्कीज्म रिसर्च सेन्टरका निर्देशक जय साह र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच आर्थिक क्रान्ति र नेपालबाट भ्रष्टाचार हटाउने विषयमा सहकार्य हुने भएको छ । दुवै जनाको संयुक्त अपिलमा यही माघ २५ गते मिथिला सांस्कृतिक नगरी जनकपुरधामबाट नेपाल नेपाल अभियानको शंखानाथ हुने भएको छ ।

साह आँफै जनकपुरका वासिन्दा हुन् । उनी हाल अमेरिकामा बस्दै आएका छन् । उक्त अभियान किन भनेर विभिन्न २१ बुँदामा स्पष्ट पारिएको छ । साहले सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक अभियानका उद्देश्यहरुमा आर्थिक क्रान्तिका लागि आवश्यक विभिन्न बुँदा उल्लेख गरिएका छन् ।

जसमा सबै निजी बैंकहरुलाई राष्टियकरण गरेर ब्याजदर ३ प्रतिशतमा झार्ने र देशलाई टाट पल्टिनबाट रोक्नको लागि आर्थिक क्रान्ति गर्न यो अभियान आवश्यक रहेको उल्लेख गरिएको छ । यस्तै, वर्षमा १५० अर्बदेखि २०० अर्बसम्मको भ्रष्टाचार रोक्नको लागि पनि आफूहरुको आर्थिक क्रान्तिले काम गर्ने साहको दाबी छ ।

साहले उक्त अभियानको घोषणामा दाईजो प्रथा सधैंको लागि अन्त्यदेखि एक वर्षभित्र जनकपुरबा सबै लामखुट्टे हटाउनेसम्मका बुँदा समेटेका छन् ।

यस्तो छ साहको नमस्ते नेपाल अभियानका उद्देश्यहरु:



प्रतिक्रिया दिनुहोस्