Logo

आज यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, माघ १६। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । आज कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot