काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजसंस्था फर्काउनुको विकल्प नभएको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजा भनेर गरेको टिप्पणीप्रति जवाफ फर्काएका छन् । मिश्रले कुशको राजाले अहिलेको गणतन्त्र हल्लाएको दाबीसमेत गरेका छन् ।
फेशबुकमा मिश्रले लेखेका छन्-
“कुशको राजा” ले हल्लाएको गणतन्त्र ‘दरबार हत्याकाण्ड’को हाँगो समाएर तैरिन खोज्दैछ! त्यो संभव छैन। बहूसंख्यक जनताले ‘मार्ग परिवर्तन’ गरिसके। अब नेताहरू मार्ग परिवर्तन गर्न वाध्य हुनेछन्। देशलाई ट्र्याकमा ल्याउने #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश