Logo

लुम्बिनीलाई १६ रनले हराउँदै प्रधानमन्त्री कपमा कोशीको सान्तवना जित



काठमाडौं,१६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले सान्तवना जित निकालेको छ ।

आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले पाखा लगाउँदै लगातार ८ खेलको हारको श्रृंखला टुंग्याएको हो । कोशीले दिएको १७३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४६ ओभरमा १५६ रनमा अलआउट भयो । उत्कृष्ट सुरुआत गरेपनि लुम्बिनीले अन्तिममा सम्हालिएको प्रदर्शन गर्न नसक्दा जित नजिकै पुगेर पनि २ अंक गुमाउन पुग्यो ।

लु्िम्बनीका लागि दिलसाद अलिले सर्वाधिक २८ रन जोड्दा विराट भण्डारीले २८, सम्राट भुसालले २६, समिर कार्कीले ११ रन थपे । मिर्नल गुरुङ ३ रनमा क्याच आउट हुँदा नर सार्की १ रनमा बोल्ड आउट भए । बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिना, कमल खत्री र समिर कार्कीले समान २ तथा सौजन घिमिरेले तीन विकेट लिए ।

यसअघि कीर्तिपूर मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोशी ४४ ओभरमा १७२ रनमा अलआउट भयो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४९ रन जोडे ।६५ बलको सामना गरेका उनले ९ चौका हिर्काएका थिए । उनी अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । त्यस्तै सौजन घिमिरेले ४० रन थपेको खेलमा मिनाश थापाले २५ र सोनु अन्सारीले १७ रन थपे ।

समिर कार्की, सुजन थपलिया र कमल खत्री शून्य रनमै आउट हुँदा कोशीले १८ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार तथा वीर मगरले तीन र अभिषेक गौतमले २ विकेट लिए ।

८ खेल खेलिसकेको कोशी प्रदेश हालसम्म जितविहीन रहेको थियो भने लुम्बिनी ८ खेलमा एक खेल जित्दै अंक तालिकाको पुच्छरबाट दोस्रो स्थानमा रहेको छ । कोशीको यो अन्ति खेल हो । यस सिजनमा कुनैपनि राम्रो छाप छाड्न नसकेको कोशी आज लुम्बिनीलाई हराउँदै कम्तिमा सान्तवना जित निकाल्ने सोचमा रहेको थियो । जून पूरा भएको छ ।



प्रतिक्रिया दिनुहोस्