Logo

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, माघ १७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैया ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot