Logo

जनयुद्धको यत्रो ठूलो सपनाप्रति गद्दारी भएको छ : प्रभु साह (भिडिओसहित)



काठमाडौं, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनयुद्धको ठूलो सपनामाथि गद्दारी भएको आरोप लगाएका छन् । उनले जनयुद्धप्रति नै धोका भएको टिप्पणी गरेका छन् ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जनयुद्धप्रति नै धोका भएपछि यसको लागि योगदान दिनेहरुप्रति धोका हुनु स्वभाविक भएको बताए ।

उनले देशमा भएका सबैखाले आन्दोलन र परिवर्तन लोकतन्त्रको लागि भएपनि अहिले देशमा लोकतन्त्रको ठाउँमा लुटतन्त्र र दलतन्त्रमात्रै हाबी रहेको दाबी गरे । उनले अहिले देशमा गणतन्त्र नभएको जिकिर गरे ।

उनले प्रजातन्त्र भएको कुनैपनि देशमा पार्टीको प्रभुत्व नभएको उदाहरण दिए । नेपालमा भने दलको सुप्रिमेसी रहेको उनको दाबी छ । उनले आफूहरु देशलाई धमिलो बनाउनतर्फ नलाग्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्