Logo

बंगलादेशविरुद्ध नेपाललाई पहिलो झट्का, २ रन जोड्दै आउट भए विपीन



काठमाडौं,१७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेको नेपालले सुरुआतमा ब्याटिङगरिरहँदा पहिलो विकेट गुमेको छ ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर विपीन रावललाई गुमाएको हो । ३।५ ओभरमा विपीन आउट भएका छन् । उनी व्यक्तिगत २ रनमा आउट भए । ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तीमा १ विकेट गुमाएर २० रन जोडेको छ ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ ।

समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।

सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ । समूह ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot