Logo

भारत भ्रमणमा रहेको सांसदहरुको टोली नेपाली दूतावासमा



काठमाडौं, १७ माघ । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको टोली दिल्लीस्थित् नेपाली दूतावासमा पुगेको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सांसदहरुको टोलीलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दूतावास परिसरमा स्वागत गरेका हुन् ।

नेपाली प्रतिनिधिहरुले भारतका लोकसभाका सभामुखदेखि विदेशमन्त्री डा. एश जयशंकरसम्म भेटवार्ता गर्ने तय भएको छ। भ्रमण दलमा समितिमा रहेका विभिन्न दलका सांसदहरुको प्रतिनिधित्व छ ।



प्रतिक्रिया दिनुहोस्