Logo

इ-सेभेन भिषामार्फत दक्षिण कोरियामा कामदार पठाउने तयारी, मासिक चार लाख तलव



काठमाडौं, माघ १८ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य दक्षिण कारियामा इ-सेभेन भिसा खोल्ने तयारी भइरहेको छ । हाल कोरियाले ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको छ । बर्षेनि दश हजार बढी दक्ष नेपाली कामदार इ-सेभेन भिषामार्फत दक्षिण कोरिया पठाउने विषयमा सरकारले छलफल अघि बढाएको छ । इ सेभन भिषा कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने छ ।

नेपालले इ-सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा मार्फत कोरिया पठाईनेछ ।
इ-सेभेन भिषामा जाने कामदारले परिवार पनि सँगै लैजान पाउनेछन् ।

यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ । यो भिषामा न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ । यो भिषामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने छ ।



प्रतिक्रिया दिनुहोस्