Logo

माधव नेपालाई हराउँदाको जस्तो असाधारण निर्वाचन त कहिल्यै भएनः झक्कु सुवेदी



काठमाडौं, १९ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएर चार वटा निर्वाचनमा विजयी भएपनि अहिलेको निर्वाचन प्रक्रियामात्रै भएको बताए । उनले अहिलेको निर्वाचनमा विजयी हुनुलाई कुनै आश्चर्यको रुपमा लिन नहुने उनको भनाइ छ ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०६४ सालको संविधान सभाको निर्वाचनजस्तो असाधारण जित आफ्नो कहिल्यै नभएको बताए । उनले विभिन्न तीन कारणले ०६४ सालको निर्वाचनमा आफ्नो जित असाधारण भएको उनले बताए ।

‘संविधान सभाको त्यो निर्वाचन ऐतिहासिक थियो । संविधान सभाको निर्वाचनमा मेरो विजय भयो । त्यो विजय असाधारण विजय हो । निर्वाचन त हुन्छन् । विजयी पनि हुन्छन् । म अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएँ । चार वटामा म विजयी भएको छु । सबै तिनी असाधारण बनेन्, तर २०६४ सालको संविधान सभाको निर्वाचनपछिको विजय थियो । त्यो असाधारण थियो । असाधारण दुई/तीन कारणले थियो ।’उनले भने, ‘एउटा त म रोल्पाको ब्यक्ति काठमाडौंमा आएर मैले चुनाव जितेँ । जो त्यतिबेला परिजित हुनुभयो, नेकपा (एमाले) का त्यतिबेलाका शक्तिशाली महासचिव माधव कुमार नेपाल । उहाँ ठूलो पार्टीको शक्तिशाली नेता हुनुहुन्थ्यो । म माओवादी पार्टीको केन्द्रीय सदस्यमात्रै थिएँ । यहाँ माओवादीको त्यतिराम्रो प्रभाव थिएन । हामी शान्ति प्रक्रियामा आएको एक वर्ष भएको थियो । संगठन गर्न पनि भ्याइसकेका थिएनौं ।’

त्यो निर्वाचनमा विजयी भएपछि माधव नेपाललाई आफैं भेट्न गएको उनले बताए । भेट्न जाँदा माधव नेपालले आफूलाई ‘झक्कुजी तपाईँले मलाई पराजीत गराउनु भयो । म स्तब्ध भएँ । २४० निर्वाचन क्षेत्रमा सबैभन्दा एमालेको राम्रो निर्वाचन क्षेत्र भएर म यहाँ उम्मेदवार भएको थिएँ । म पराजित भएँ’ भनेर सुनाएको उनले बताए ।

अहिलेको विजय गठबन्धन र गठबन्धनको पक्षमा अत्याधिक मत भएकाले यसलाई कुनै आश्चर्य मान्न नहुने उनको भनाइ छ । चुनाव त प्रक्रिया मात्रै भएको र जित सुनिश्चि भएको ठाउँमा आफू यसपटक उम्मेदवार बनेको उनले बताए ।

गाविस, जिबिस हुँदै संविधान सभा निर्वाचनमा जित हाँसिल गर्दाको उल्लास राष्ट्रिय सभा निर्वाचनमा विजयी हुँदा नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot