Logo

सुवाश भण्डारीपछि अर्जुन कुमाललाई पनि गर्‍यो आईसीसीले कारबाही



काठमाडौं,१९ माघ । यू-१९ टिमका ओपनर अर्जुन कुमाल आईसीसीको कारबाहीमा परेका छन् । उनी दक्षिण अफ्रिकानमा जारी विश्वकप क्रिकेटको क्रममा बंगलादेशँगको खेलमा भएको गल्तीका कारण कारबाहीमा परेका हुन् ।

बंगलादेशविरुद्धको खेलको ६औं ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् । आर्इसीसी आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो ।

आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ । दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।

यसअघि आईसीसीले पाकिस्तानसँगको खेलमा भएको गल्तीका कारण नेपालका अर्का खेलाडी सुवाश भण्डारीलाई पनि कारबाही गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot