Logo

प्रचण्डले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने व्यवहार गरे, अब राजनीनामा माग्नुपर्छ : महर



काठमाडौं, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउन थालेको भन्दै राजीनामा मागेका हुन् । पार्टीको भक्तपुर चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको राजीनामा मागेका हुन् ।

कांग्रेस सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीको भाई सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेपछि महरले यस्तो अभिव्यक्ति दिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका नेता महरले प्रधानमन्त्री दाहालले कांग्रेसलाई असफल बनाउने मिसन अपनाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot