Logo

भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रभु साहको शक्ति प्रदर्शन



काठमाडौं, २० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ। भ्रष्टाचारविरुद्ध खबरदारी र्याली नाम दिएर आजपाका नेता/कार्यकर्ताहरुले आज (शनिबार) काठमाडौंमा मोटरसाईकल र्याली निकालेका हुन् ।

“भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिँदैन” भन्ने नारासहित निकालिएको उक्त र्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर समापन भएको हो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेर साहसिक कदम चालेको आजपाका अध्यक्ष प्रभु साहको भनाई छ । उनले युवाहरुको उक्त सराहनीय कार्यले आम जनसमुदायमा भ्रष्टाचारविरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई कारवाहीको लागि राज्यमाथि दबाब सिर्जना हुने विश्वास पनि लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्