Logo

सौभाग्य पाल्कीको भोलि प्रथम वार्षिकोत्सव, प्रत्येक सामानमा छुटको व्यवस्था



काठमाडौं, २० माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य पाल्कीले भोलि (आइतबार) वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा कम्पनीले प्रत्येक सामानमा विशेष छुटको व्यवस्था गरेको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले भोलिदेखि आगामी माघ २९ गतेसम्म साताव्यापी वार्षिकोत्सव मनाउने भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा भोलि (आइतबार) चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि छिन् । यस्तै, माघ २३ गते भने चर्चित नायिका करिश्मा मानन्धर प्रमुख अतिथि छिन् । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले आफ्ना ग्राहकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै साताव्यापी वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सार्वजनिक रुपमै अपिल गरेको छ ।

महिलाका पहिरनका सबैखाले सामाग्री पाउने यो बुटिक समाजसेवीसमेत रहेकी प्रतिष्ठित व्यवसायी मीना राणाको हो । मीनासँगै यो बुटिकमा एलिजा ज्ञवाली राणा र शर्मिला रेग्मी अधिकारीको लगानी छ । सौभाग्य नक्शालको टंगालमा रहेको पाल्कीको आउटलेट हो ।



प्रतिक्रिया दिनुहोस्