
काठमाडौं, २० माघ । प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोको लगानी रहेको नेपालको एकमात्रै एनएबीएच अस्पताल नेपाल मेडिसिटीले प्रणय दिवसको अवसरमा नयाँ हेल्थ चेकअप प्याकेज ल्याएको छ। यही फेब्रुअरी १ देखि २९ फेब्रुअरीसम्म लागु हुनेगरि मेडिसिटीले १४९०० मा ‘भ्यालेन्टाईन वेलनेस प्याकेज’ ल्याएको हो ।
सो प्याकेज एक खरिद गर्दा अर्को निःशुल्क भनिएको छ । प्रेमिल जोडीलाई लक्षित गरेर प्याकेज बनाईएको हो । सो प्याकेजअन्तर्गत विहानीको खाजा अर्थात् ब्रेकफास्ट समावेश गरिएको छ । अस्पतालले यस वर्षको भ्यालेन्टाईन डे’ को अवसरमा आफ्नो माया गर्ने मान्छेलाई हेल्थ चेकअपको उपहार दिनको लागि प्रेमिल जोडीलाई प्रेरित गरेको छ ।
सो प्याकेजमा महिलाहरुलाई स्त्री रोग विशेषज्ञसँग निःशुल्क परामर्शसहित फिजिसियनसँगपनि निःशुल्क परामर्शको व्यवस्था गरिएको छ।
