Logo

मन्त्री महतो गृहजिल्लामा, एकैदिन तटबन्ध र सरस्वती मन्दिर भवनको शिलान्यास



काठमाडौं, २० माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला सिरहा पुगेका छन् । सो अवसरमा मन्त्री महतोले आज (शनिबार) एकैदिन कर्जन्हा नगरपालिकाको वडा नम्बर ८ मा रहेको डिम्मा खोला नदी नियन्त्रण तटबन्ध र गौतारीमा रहेको श्री जनता माध्यामिक विद्यालय परिसरभित्र सरस्वती मन्दिरको लागि भवन शिलान्यास गरेका छन् ।

कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ यादव, कर्जन्हा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किस्मत राई र मन्त्री महतोका प्रमुख स्वकिय सचिव चन्देश्वर पासवानको उपस्थितिमा मन्त्री महतोले तटबन्ध र मन्दिरको लागि भवन शिलान्यास गरेका हुन् ।

वडाअध्यक्ष शम्भु कुमार ब्यार सुडीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै मन्त्री महतोले आफूसँग विकास र समृद्धिबाहेक अर्को एजेण्डा नरहेको बताए ।

उनले आफू आफ्नो निर्वाचन क्षेत्रका सबै जनताप्रति ऋणी रहेको भन्दै विस्तारै समृद्धिको बहार ल्याएर सो क्षेत्र र जनताको ऋण तिर्नेपनि प्रण गरे । उनले आफू अहिले मन्त्रीको जिम्मेवारीमा भएकोले मात्रै विकास र समृद्धिको कुरा नगरेको भन्दै भोलि मन्त्री नहुँदापनि आफ्नो क्षेत्रको लागि विकासको लागि चालिएका पाईला नरोकिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्