Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर?



काठमाण्डौं, माघ २२ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ६२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot