Logo

मेयर हर्कले किन उठाए रास्वपाको नेतृत्व परिवर्तनको कुरा ?



काठमाडौं, २२ माघ । धरान उपमहानगरका प्रमुख हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परिवर्तनको कुरा उठाएका छन् । अहिले रास्वपाको नेतृत्वमा रवि लामिछाने छन् । उनी सभापतिको भूमिका छन् ।

मेयर राईले रास्वपाको अहिलेको नेतृत्वको कारण विवाद धेरै भएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) फेशबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्–‘रास्वपाको नेतृत्व परिवर्तन गर्नु पर्छ ! विवाद धेरै भयो !’

मेयर सामाजिक सञ्जालमा निकै सक्रिय मानिन्छन् । उनले अब देशमा गणतन्ब बचाउने वा नबचाउने भन्ने कुरा आफूहरुलाई सोध्नुपर्ने पनि तर्क गरेका छन् । पूराना नेताहरुमा कुनै तुक नभएको उनको दाबी छ । यसबारे उनले लेखेका छन्–‘गणतन्त्र बचाउने कि नबचाउने भन्ने कुरा अब हाम्लाइ सोध्नु पर्छ नयाँ लाई ! पुरानामा कुनै तुक छैन !’ यस्तै, उनले भर्खरै अर्को टिप्पणी ‘झोलेले देश बनाउँछ भन्नु र गफाडीले बिकास गर्छ भन्नु एउटै हो है च्याङ्गबा !’ हो भनेरपनि आएको छ । file photo



प्रतिक्रिया दिनुहोस्