काठमाडौं, २२ माघ । डा. सिके राउत नेतृत्वको जनमतले पार्टीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको राजनीतिक विचारधारा माओवादी केन्द्रभन्दा फरक नभएको दाबी गरेको छ ।
मधेश आन्दोलनमा ५४ जना मधेशीहरुलाई शहादत दिएको बलिदानी र २०६३ साल चैत्र ७ गते गौर नरसंहारलाई आधार बनाएर शक्ति आर्जित गर्दै मधेशमा प्रभाव जमाएको र राष्ट्रिय राजनीतिमा खासै चासो नराख्ने शक्ति भएको पनि जनमतको दाबी छ ।
जसपाले गणतन्त्र र संघीयताको पक्ष लिएपनि मधेश प्रदेश सरकारमा भ्रष्टाचार संस्थागत गरेको, मधेशमा जातीय दंगा गराउन खोजेको आरोप लाग्दै आएको पनि राउतको प्रतिवेदनमा उल्लेख छ ।