काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति मृत्यु भएको हो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजिक सञ्जाल फेसबुकमा लेख्दै हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुने जनाएका छन् ।
बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन् ।