Logo

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर संक्रमण



काठमाडौं, माघ २३ । बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । ७५ वर्षीय राजा चार्ल्स उपचारमा रहेकाले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् ।

उनलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । राजा चार्ल्सको शरीरमा एक प्रकारको क्यान्सर पुष्टि भएपनि त्यो कुन भन्ने खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्