Logo

दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जनाको मृत्यु ६ जना घाइते



सियोल, २३ माघ । दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ ।

देशको पश्चिमी बन्दरगाह शहर इन्चियनको ह्युन्डाई स्टील कारखानामा फोहोर प्रशोधन ट्याङ्की सफा गर्दा ७ जना कामदारहरू प्रभावित घाइते भएका छन् ।

हृदयाघात भएका कामदारलाई कार्डियोपल्मोनरी रिससिटेसन अन्तर्गत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । अन्य छ जना कामदारहरूले चेतना र श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षणहरूको लागि उपचार गरिएको छ ।

कामदारहरूले ग्यास मास्क बिना ट्याङ्कीमा छोडेको हाइड्रोफ्लोरिक र नाइट्रिक एसिडको स्लज हटाउँदै गर्दा दुर्घटना भएको पुष्टि भएको छ । घटना बारे प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्