काठमाडौं,२४ माघ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभर रहेका सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद मोदीले जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।
‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु – देशभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ’ सांसद मोदीले भने ।