Logo

निर्देशनको आतङ्क बढेको भन्दै गगनले संसद्मा जनाए आपत्ति



काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री र संसदीय समितिहरुले काम नगरी निर्देशनमात्रै दिएको भन्दै टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्रीले छलफल चलाउने र निर्देश दिने काम गरिरहेको प्रति टिप्पणी गरे ।

यो भन्दा अगाडिको प्रधानमन्त्रीले निर्देशन दिएकाले मैले अहिले निर्देशन दिँदा हुन्छ भन्ने सोचबाट बाहिर निस्कन उनले प्रधानमन्त्रीलाई सुझाव दिए । प्रधानमन्त्रीले निर्देशन दिएको देखेपछि मन्त्रीले पनि निर्देशन दिने, मन्त्रीले निर्देशन दिएको देखेपछि संसदीय समितिले पनि निर्देशन दिने काम भइरहेको उनले बताए । सबैले सबैलाई निर्देशन दिने कामले कुनै ठोस परिणाम नआउने उनको भनाइ छ । अहिले स्थानीय सरकार र प्रदेशका हालत पनि निर्देशनमै सीमित रहेको उनले बताए ।

संस्थाको प्रमुखले कुनै संस्थाको नेतृत्व गरेजस्तै निश्चित समय प्रधानमन्त्री पनि आफूले लिएको जिम्मेवारीभन्दा बाहेक अरु कुनै चिन्तन नगरी, आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot