Logo

पाकिस्तान आम निर्वाचन : मौन अवधि शुरू



इस्लामावाद, २४माघ । पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् ।

आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानून अनुसार कारर्वाही गरिने सुचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्धारित समयपछि, निर्वाचन अभियान, विज्ञापनलगायत अन्य लिखित सामग्रीहरू इलेक्ट्रोनिक र छापाका सञ्चारमाध्यम प्रकाशन गर्न समेत निषेध गरिएको निर्वाचन आयोगल जनाएको छ ।

निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ । राजनीतिक नेता र प्रतिस्पर्धी उम्मेदवारले अधिकतम सार्वजनिक समर्थन प्राप्त गर्नका लागि चुनावी अभियानमा सार्वजनिक जमघट, ¥याली, बैठक र घरदैलो अभियान सञ्चालन गरेका थिए ।

निर्वाचन आयोगका अनुसार देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ । सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावकोे लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि २६६ वटा साधारण सीटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश सभाका लागि चार प्रान्तका ५९३ सिटमा १२ हजार ६९५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभा र प्रदेश सभा चुनावका लागि मतदान गर्न सबै दर्ता भएका मतदातालाई आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्