Logo

अमरेशको प्रश्न : बाल मन्दिरको जग्गा सत्ता गठबन्धनको एउटा दलको संरक्षणमा लुटिएको छ (भिडिओसहित)



काठमाडौं, २४ माघ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकार र राजनीतिक दलमाथि जनताको विश्वास घटेको टिप्पणी गरेका छन् । उनले अब त्यसको आत्मसमिक्षा गर्ने बेला भएको बताए । उनले अहिले सरकारले आँफै झाँक्री र आँफै बोक्सीको स्टन्ट गरेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

उनले अहिले देशमा विद्यमान सबैखाले बेथितिको जड नै सरकार भएको दाबी गरे । सरकारकै सरंक्षणमा देशको सार्वजनिक सम्पत्ति लुटिएको उनको आरोप छ । उनले भने,‘बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको विषयमा कुरा आयो, सरकारले समात्यो पनि । तर, दुई घण्टा नबित्दै प्रधानमन्त्रीदेखि गठबन्धनको नेताहरुको आईजिपीलाई तारन्तार फोन गयो । किनकी हामी त्यही व्यापारीको पैसा खाएर बचिरहेका छौं । पार्टी चलाईराखेका छौं ।’

उनले सत्ता गठबन्धनको कुन दलको संरक्षणमा बाल मन्दिरको जग्गा लुटिएको छ ? भनेर पनि प्रश्न गरे । उनले भने–‘सत्ता गठबन्धनको कुन दलको कारणले छायाँ सेन्टर, म राणाकालिन डकुमेन्ट लिएर आएको छु, त्यहाँ सत्ता गठबन्धनका नेताको सेयर छ ।’



प्रतिक्रिया दिनुहोस्