Logo

भुर्तेल ६२ रनमा आउट, क्यानडाविरुद्ध नेपालको तेस्रो विकेट पतन



काठमाडौं, माघ २५ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाएको हो । उनी १८।३ ओभरमा क्यानेडियन कप्तान सादबिन जाफरको बलमा आउट भए ।

कुशलले आज ५८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ६२ रनको पारी खेले । त्यसअघि नेपालले विकेटकिपर आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई ८र८ रनमा गुमायो । रोहित १४।३ ओभरमा तथा आसिफ शेख ९।१ ओभरमा क्याच आउट भए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot