Logo

रेशमलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विभिन्न विषयमा छलफल भएको चौधरीले जनाएका छन् ।

पार्टीको अध्यक्षमा निर्वाचित भएकोमा प्रधानमन्त्री दाहालले बधाई दिएको भन्दै सञ्जालमार्फत नै धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, टीकापुरमा एयरपोर्ट बनाउने विषय र लाल आयोगको प्रतिवेदनलगायतका विषयमा महत्वपूर्ण छलफल भएको चौधरीको भनाई छ । उनले लेखेका छन्–”बधाईका लागि धेरै धेरै धन्यवाद सम्माननिय प्रधानमन्त्री ज्यु । अधिक बिषयमा अत्यन्तै सकारात्मक छलफल भयो । टीकापुर एअरपोर्ट,लाल आयोगको प्रतिबेदन लगायतका बिषय अत्यन्तै महत्त्वपूर्ण थिए ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot