Logo

हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : विदेश मन्त्री महमुद



नयाँदिल्ली, २५माघ । हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताएका छन् ।

एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी भूमिका खेलेको कुरामा जोड दिएका छन्।

महमुदले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले चुनाव पछि भारत भ्रमण गर्ने बताउदै भारत–बङ्गलादेशका समस्याको विस्तृत श्रृंखला रहेको बताए । बङ्गलादेशको स्वतन्त्रता र स्वाधिनता प्राप्तिको आन्दोलनमा भारतीय जनता तथा सेनाले आफ्नो रगत बगाएकाले दुई राष्ट्रबीचको सम्बन्ध रगतले बाँधिएको बताएका छन् ।

आफ्ना भारतीय समकक्षी जयशङ्करसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दा, शक्ति साझेदारी, समन्वयलगायतका सबै मुद्दामा छलफल गरेको एएनआईलाई बताए ।

यसअघि, बङ्गलादेशका विदेश मन्त्री महमूदले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याउने बताएका थिए ।

एएनआईसँग कुरा गर्दै महमुदले बङ्गलादेश र भारत दुई भाइचारा देशबीच राम्रो सम्बन्ध रहेको बताए । बङ्गलादेश वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्धिपक्षिय सम्बन्धलाई बलियो बनाउने उनको भनाइ रहेको छ ।

विदेश मन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरतासमेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्ग खोज्न छलफल भएको छ ।

प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरेपछि बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो । रासस



प्रतिक्रिया दिनुहोस्