Logo

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २१७ रनमा अलआउट भएपछि नेपालले ७ रनको रोमाञ्चक जित निकालेको हो ।

क्यानडाका लागि निकोलस किर्टोन र पार्गत सिंहले अर्धशतक प्रहार गरेपनि टिमलाई जिताउन भने सकेनन् । ९९ बलमा ७ चौका हिर्काएका किर्टोन ६८ रनमा आउट भए भने सिंह ५८ बलमा ९ चौकाको मद्दतमा ५० रनमा आउट भए । हर्ष ठाकरले ३२ तथा एरोन जोनसोनले २० रन थप्दा अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।

सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट झारे। ८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चे। ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ  र कुशल मल्लले समान एक विकेट लिए।

यसअघि कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन जोडेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए। कुशल मल्लले २० रन थप्दा आरिफ शेखले ३८, पवन सर्राफले १५ तथा सोमपाल कामीले २७ रन थपे आज डेब्यू गरेका सूर्य तामाङ १० रनमा अविजित रहँदा अर्का डेब्यू खेलाडी रिजन ढकाल ३ रनमा आउट भए ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३ तथा साउद बिन जफार र इश्वरजोन सोहीले समान २ विकेट लिए ।

क्यानडाविरुद्ध नेपालका लागि दुई खेलाडीले ओडिआईमा डेब्यु गरेका छन् । सूर्य तामाङ र रिजन ढकालले ओडिआईमा डेब्यु गरेका हुन् । उनीहरु दुवैले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बागमती प्रदेशबाट खेलको सूर्यले कूल ३० विकेट लिँदा रिजनले १५ विकेट लिएका थिए ।

२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot