Logo

विद्यार्थीहरुको उत्तरबाट बाबुरामको मनमस्तिष्क किन उद्धेलित भयो ?



काठमाडौं, २६ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एक सयमा ८० प्रतिशत विद्यार्थीहरुले प्लस टु सकाएलगत्तै विदेश पढ्न जानेर दिएको उत्तरबाट आफ्नो मनमस्तिष्क उद्धेलित भएको टिप्पणी गरेका छन् ।

काठमाडौंस्थित् ह्वाईट हाउस स्कुल अफ ल’ ले आयोजना गरेको लिटरेचर फेस्टिवलमा सहभागी हजार बढि विद्यार्थीहरुमा ८० प्रतिशतले विदेश पढ्न जाने तयारीमा रहेको भनेर जवाफ दिएको र हात उठाएको भन्दै बाबुरामले यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

काठमाण्डौको चर्चित स्कूलद्वारा आयोजित लिटरेचर फेस्टिवलमा हजार बढी उपस्थित विद्यर्थीलाई प्लस टू पछि को को विदेश पढ्न जाने तयारीमा छौ? भनी सोध्दा झण्डै असी प्रतिशतले हात उठाएको देखेर मनमस्तिष्क उद्वेलित भैरहेछ!

यो देशको भविष्यकानिम्ति ठूलो खतराको घण्टी हो। प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विनम्र आग्रह छ – यो धरातलीय यथार्थलाई वेलैमा आत्मसात गरेर कि त शिक्षाक्षेत्रमा युग सुहाउॅदो क्रान्तिकारी सुधार तुरून्त गर्नोस्, कि कुर्सी छोड्ने हिम्मत गर्नोस्! नत्र इतिहासले धिक्कार्नेछ!



प्रतिक्रिया दिनुहोस्