
काठमाडौं, २७ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले खेलकुद क्षेत्रको समग्र विकासको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । नेपाललाई विश्वसामू चिनाउनको लागि खेलाडीहरुले धेरै ठूलो योगदान पुर्याएको भएपनि उनीहरुलाई राज्यले उचित सम्मान गर्न नसकेको धमलाको गुनासो छ ।
आज (शनिबार) लायन्स/लियो क्लब अफ काठमाडौं प्रयासनगरले आयोजना गरेको प्रयासनगर फुटसल प्रतियोगित-२०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उक्त फुटसल प्रतियोगिता पत्रकार धमला र क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रतियोगिता आज र भोलि दुई दिनसम्म चल्नेछ ।
सो क्रममा पत्रकार धमलाले आफूले अब नेपालको खेलदकुदको विस्तार र विकासको लागि आवाज बुलन्द बनाउने र एकसूत्रीय एजेण्डा बनाएर लागिपर्ने बताए । उनले खेललाई मुलुकको समृद्धिसँग पनि जोडिनुपर्ने बताए । file photo
