Logo

आज तीन संसदीय समितिको बैठक बस्दै



काठमाडौं, माघ २८ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अहिले बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्याण्ड प्रा।लि।बीच भएको समझदारी सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot