काठमाडौं, माघ २८ । भक्तपुरको सुर्यविनायकमा रहेको मदरल्यान्ड स्कुलले लिटिल स्टार मदरल्यान्ड सिजन वान प्रतियोगिताको आयोजना गरेको छ । जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको मदरल्यान्ड स्कलुले विद्यार्थीको दिगो विकास र क्षमता अभिवृद्वि गर्न लिटिल स्टार मदरल्यान्ड सिजन १ को आयोजना गरेको हो ।
माघ ८ गतेदखि सञ्चालमा रहेको प्रशिक्षणमा करियोग्राफर मदन सुमी बानियाँले छात्र, छात्रालाई प्रशिक्षण दिदै आएको मदरल्यान्ड स्कलुले जनाएको छ । नौ देखि १३ बर्षका १६ जना छात्र र २९ जना छात्राले तालिममार्फत प्रशिक्षण लिइरहेको जनाउँदै विद्यालयले अभिवावकलाई आफ्ना सन्तानको चाहना र रुचीबारे जानकारी तालिम फलदायी हुने विश्वास व्यक्त गरेको छ । विद्यार्थीमा अनुशासन बढाउन, आफ्नो दैनिकीलाई सुधार गर्दै विद्यार्थीको व्यवहार परिर्वतनमा प्रशिक्षण फलदायी हुने मदरल्यान्ड स्कुलले विश्वास व्यक्त गरेको छ ।